माओवादी छोडेका सांसद रेग्मी एमालेको प्रदेश सचिव


सुर्खेत ः नेकपा माओवादी केन्द्र छाडेका कर्णाली प्रदेश सभा सदस्य धर्मराज रेग्मीलाई एमाले कर्णालीको सचिव पद उपहार दिइएको छ । एमालेको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले उनलाई कर्णाली प्रदेश सचिवको जिम्मेवारी दिएको हो ।
सांसद रेग्मी २०७४ मा भएको निर्वाचनमा माओवादी केन्द्र दैलेखबाट कर्णाली प्रदेश सभा सांसदमा निर्वाचित भएका थिए । सांसद रेग्मीले केपी ओली र माधव–प्रचण्ड समूह अलग भएका बेला ओली समूहलाई साथ दिन गएका थिए ।
शुक्रबार बसेको एमालेको केन्द्रीय कमिटीले इञ्चार्जमा यामलाल कँडेल, सहइञ्चार्जमा गोरख बोगटी, अध्यक्षमा गुलाबजंग शाही र सचिवमा रेग्मीलाई जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार